Kathmandu Press

छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं, मंसिर ४ : भक्तपुरकाे सूर्यविनायक नगरपालिका ६ स्थित सडकमा दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ। बाग्मती प्रदेश ०२ ०३० प ०१६८ नम्बरको...
छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं, मंसिर ४ : भक्तपुरकाे सूर्यविनायक नगरपालिका ६ स्थित सडकमा दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ। बाग्मती प्रदेश ०२ ०३० प ०१६८ नम्बरको मोटरसाइकलले प्रदेश ३ ०१ ००३ क. ७८५१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल सडकको डिभाडरमा ठक्कर खाई गएराति दुर्घटना भएकाे थियाे। ठक्करबाट मोटरसाइकल चालक काभ्रे रोशी गाउँपालिका ३ घर भई हाल काठमाडौं कलंकी बस्ने २२ वर्षीय मिलन तामाङको मृत्यु भएको हाे। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Hardik ivf

ताप्लेजुङ, फुङलिङ नगरपालिका ८ स्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी ३० मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउँपालिका ९ मधुमल्ला बस्ने २७ वर्षीय पुष्प बिकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङ हुँदै झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

बर्दिया, बासगढी नगरपालिका ३ स्कुल चोकमा भे.१० प ५०६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक बाँके बैजनाथ गाउँपालिका ६ बस्ने ३५ वर्षीय तिलकराम थारुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो।

सिन्धुपाल्चोक, चौतारासाँगा चोक गढी नगरपालिका ९ चिहानेमा बा.२ ख ४२८१ नम्बरको ट्रक र बागमती प्रदेश ०२ ०३१ प ०५८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाह्रबिसे नगरपालिका ३ बस्ने ४५ वर्षीय यज्ञ बहादुर श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:४५ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्