Kathmandu Press

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं, मंसिर ४ : भक्तपुरकाे चाँगुनारायण नगरपालिका ६ नगरकोटबाट अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ।करिब ८ केजी ३ सय ग्राम...
अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं, मंसिर ४ : भक्तपुरकाे चाँगुनारायण नगरपालिका ६ नगरकोटबाट अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

करिब ८ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित स्थानीय ६५ वर्षीया ठुली माया मोक्तान लगायत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे। महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

Hardik ivf

पर्सा, वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध नुफिन ५७ एम्पुल, फेनारगन ५७ एम्पुल, डाइजेपाम ५७ एम्पुल र ईनजेक्सन २ पिस सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका ८ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल बिओपी पर्साबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:४० बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्