Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर, मंसिर ४ :  ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका ५...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर, मंसिर ४ :  ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका ५ छालिङ का नितेश दथेपुथे रहेका छन्।

नितेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:३७ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्