Kathmandu Press

जटिल परिस्थितिको सामना माओवादीले गर्छ : मन्त्री बराल

जटिल परिस्थितिको सामना माओवादीले गर्छ : मन्त्री बराल

पोखरा, मंसिर ४ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले देशको जटिल परिस्थितिको सामना माओवादी केन्द्रले गर्ने बताएका छन्।

माओवादी केन्द्र पोखरा महानगरपालिका–२२ को प्रथम वडा अधिवेशनको आज उद्घाटन गर्दै उनले जनआन्दोलनको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि पार्टी कटिबद्ध रहेको बताए। पार्टी कुनै पनि आधारमा कमजोर नभएको उल्लेख गर्दै मन्त्री बरालले आगामी निर्वाचनमा जित्ने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

Hardik ivf

माओवादी केन्द्रका प्रदेश सदस्य केशव पौडेलले पार्टीभित्रका केही नेतामा भएको नराम्रो गतिविधि एवं व्यवहार त्याग्नुपर्ने आवश्यकता औँल्याए। पोखरा–२२ का पार्टी वडा इन्चार्ज त्रिभुवन पौडेलले पुम्दी भुम्दीवासीको जनजीवनमा परिवर्तन हुने कार्यक्रम ल्याउन मन्त्रीसमक्ष आग्रह गरे। पार्टीका पूर्व वडा सेक्रेटरी गोमा पौडेलले माओवादीले बीचमा बाटो बिराउँदा जनतामा केही भ्रम भएको बताए।

माओवादी केन्द्र पोखरा–२२ का अध्यक्ष चण्डीकाप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा तेजप्रसाद बराल, दण्डपानी बराल, भुवानीप्रसाद बराल, मधु बराल, केशव पौडेललगायतलाई अभिनन्दन गरिएको थियो। 

प्रकाशित मिति: १८:२७ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्