Kathmandu Press

मंसिर १४ मा ५० पदका लागि उपनिर्वाचन हुँदै

काठमाडौं, भदौ ३ : आगामी मंसिर १४ गते वडाध्यक्षदेखि प्रतिनिधिसभा सदस्यसम्मका ५० पदका लागि उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगका अनुसार प्रत....

मंसिर १४ मा ५० पदका लागि उपनिर्वाचन हुँदै
फाइल फोटो

काठमाडौं, भदौ ३ : आगामी मंसिर १४ गते वडाध्यक्षदेखि प्रतिनिधिसभा सदस्यसम्मका ५० पदका लागि उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार पदका लागि उपनिर्वाचन हुनेछ। त्यस्तै, नगरपालिका मेयर एक र  वडाध्यक्ष ४१ गरी ५० पदका लागि उपनिर्वाचन हुने आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले बताए।

उपनिर्वाचनमा करिब पाँच लाख मतदाताले मतदान गर्न पाउनेछन्। यस पटकको उपनिर्वाचनमा पाँच सय ५० मतदान केन्द्र तोकिने आयोगले जनाएको छ।
आयोगका अनुसार, साउन १६ गते १८ वर्ष उमेर पुगेका सम्बन्धित निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले

मतदानमा भाग लिन पाउनेछन्। उपनिर्वाचनमा ६ हजार आठ सय कर्मचारी परिचालन गरिने जनाएको छ।

यस पटकको उपनिर्वाचनमा करिब ४० करोड खर्च हुने आयोगको अनुमान छ। आयोगले ४० करोड निकासाका लागि अर्थमन्त्रालयलाई पत्राचार गरेको छ।

उपनिर्वाचनको तयारी भइरहेको आयोगले जनाएको छ। उपनिर्वाचनको तयारीमा तीव्रता दिइएको प्रवक्ता खरेलले बताए।

कास्की क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ। त्यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। 

त्यस्तै, बागलुङ २ (क), भक्तपुर १ (ख) र दाङ २ (ख) मा प्रदेशसभाको उपनिर्वाचन हुनेछ। यि निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूको मृत्यु भएकाे थियाे।

प्रकाशित मिति: ११:३५ बजे, मंगलबार, भदौ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्