प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री निवास वालुवाटारमा आज साँझ ५ बजे सर्वदलीय बैठक ब....
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री निवास वालुवाटारमा आज साँझ ५ बजे सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।
अहिले संसदमा नेकपा, नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टी छन्। चारै पार्टीका प्रमुख नेताहरूलाई सर्वदलीय बैठकका लागि बोलाएको जनाएको छ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका विषयमा पनि जानकारी दिने जनाएको छ। उनी केही दिन अघि सिंगापुरमा उपचार गरेर फर्किएका थिए।
अहिले लिइरहेको औषधिले स्वास्थ्यमा खासै सुधार नआएपछि प्रधानमन्त्री ओली उपचारका लागि फेरि सिंगापुर जाँदै छन्। उनको १२ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो। उपचारका लागि सिंगापुर जानु अघि सर्वदलीय बैठक डाँकेका हुन्।
सर्वदलीय बैठकका एजेन्डका विषयमा केही जानकारी दिइएको छैन। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुनेछ।






