राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित

काठमाडौं, मंसिर ४ : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ। शनिबार एक काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनलाई नगद ५० हजारसहित सम्मान गरिएको हो।
शाहीको कप्तानीमा ढाकामा सम्पन्न प्रथम इभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितमा स्वर्ण पदक र २०७६ मंसिर १५ देखि २४ सम्म १३औं सागमा नेपाललाई एेतिहासिक रजत हासिल गर्न नेपाल सफल भएको थियो।
यो सम्मानको भागेदार आफू एक मात्रै नभइ सम्पूर्ण भलिबल टोली भएको कम्तान शाहीले बताइन्। यस्ता सम्मानले नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई अघि बढाउन हौसला मिल्ने उनको भनाइ थियो।
प्रकाशित मिति: १५:१८ बजे, शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











