Kathmandu Press

एमाले महाधिवेशनको प्रचार गर्न उडाइयो बेलुन, मोटरसाइकल र्‍याली पनि सम्पन्न

काठमाडौं, मंसिर ४ : एमाले दसौं महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उडाइएको छ।पार्टीका महासचिव ईश्वर पोखरेलले बेलुन उडाएका हुन्। बेलुनमा १०औं...
एमाले महाधिवेशनको प्रचार गर्न उडाइयो बेलुन, मोटरसाइकल र्‍याली पनि सम्पन्न

काठमाडौं, मंसिर ४ : एमाले दसौं महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उडाइएको छ।

पार्टीका महासचिव ईश्वर पोखरेलले बेलुन उडाएका हुन्। बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ। कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो। 

आजै युवा सङ्घ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको छ। संघका अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको र्‌याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिए।

महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ। 

प्रकाशित मिति: १५:०७ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्