विप्लव कार्यकर्ताद्वारा एनसेलको टावरमा आगजनी
दाङ, भदौ ३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्र्ताले दाङस्थित एनसेलको टावरमा आगजनी गरेका छन्।
गए राति सात&nda....

दाङ, भदौ ३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्र्ताले दाङस्थित एनसेलको टावरमा आगजनी गरेका छन्।
गए राति सात–आठ जनाको समूहमा आउका उनीहरूले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आगजनीबाट टावरको जेनेरेटर र तारमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए।
यस विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली घटनास्थल पुगेको छ। आगजनी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस अघि पनि विप्लवका कार्यकर्ताले एनसेल र नेपाल टेलिकमका टावरमा आगजनी गरेका थिए।
प्रकाशित मिति: १०:४९ बजे, मंगलबार, भदौ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)