Kathmandu Press

ए डिभिजन लिग : हिमालयन शेर्पा र संकटाले अंक बाँडे

ए डिभिजन लिग : हिमालयन शेर्पा र संकटाले अंक बाँडे

काठमाडाैं, मंसिर ४ : शुक्रबारबाट सुरु भएको सहिद स्मारक ए डिभजिन लिगको दोस्रो खेल पनि बराबरीमा सकिएको छ। शनिबार दिउँसो भएको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

एक गोलको अग्रता जोगाउन नसक्दा संकटा क्लब अंक बाँड्न बाध्य भयो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

६०औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए। तर, त्यसको चार मिनेटमै हिमालयन शेर्पाले बराबरी गोल फर्कायो। ६४औं मिनेटमा त्रिदेभ गुरुङले गोलका थिए । उनले जीवन गुरुङको क्रसमा हेडिङमार्फत् गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच संकटाका गोलकर्ता लक्ष्मण रुचाल घोषित भए। उनले नगद १० हजार र ट्रफी हात पारे। त्यस्तै, बराबरी खेलेका दुवै टोलीले २५–२५ हजार हात पारे।

शनिबार नै हुने दोस्रो खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबको सामाना गर्ने छ।

 

प्रकाशित मिति: १५:४० बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्