Kathmandu Press

मेरुदण्ड भाँचिएकी महिलाको उपचारमा कतारका नेपालीको सहयोग

तनहुँ, मंसिर ४ : सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएकी २६ वर्षीय सुनिता थारुको उपचारार्थ काठमाण्डौंस्थित ट्रमा सेन्टर पठाइएको छ । आर्थिक अभावले उपचार नपाएकी ती...
मेरुदण्ड भाँचिएकी महिलाको उपचारमा कतारका नेपालीको सहयोग

तनहुँ, मंसिर ४ : सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएकी २६ वर्षीय सुनिता थारुको उपचारार्थ काठमाण्डौंस्थित ट्रमा सेन्टर पठाइएको छ । 

आर्थिक अभावले उपचार नपाएकी ती महिलाको लागि कतारमा रहेका नेपालीले रकम सङ्कलन गरेर पठाएपछि उपचारार्थ पठाइएको हो । करिब एक वर्ष अघि दुर्घटनामा परी घाइते थारुको उपचार खर्च नहुँदा घरमा ल्याएर राखिएको थियो । 

Hardik ivf

लोक गायक एवं स्थानीय युवा समाजसेवी शङ्कर पन्तको सक्रियतामा कतारमा रहेका नेपालीलाई सहयोगको लागि आग्रह गरेपछि रु दुई लाख आर्थिक सहयोग प्राप्त भएको थियो । उपचारार्थ हालसम्म रु एक लाख २५ हजार खर्च भइसकेको पन्तले जानकारी दिए। 

कतारमा रहेर आर्थिक सङ्कलन गरेका करिम बक्स मियाँले थारुको अवस्थापश्चात् पठाइएको रु दुई लाखमध्ये उपचारमा खर्च भएर अब रु ७५ हजार खातामा रहेको बताए। बर्दियाको न्याउलापुर घर भइ हाल मजदुरी कामको सिलसिलामा तनहुँको शुक्लागण्डकी नगरपालिकामा अस्थायी रुपमा थारु परिवार बसोबास गर्दै आएको थियो । 

घाइते थारुको एक छोरीलाई कक्षा १२ सम्म शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमूनिदेव माध्यमिक विद्यालयमा निःशुल्क पठनपाठननको व्यवस्था मिलाइएको छ । 

प्रकाशित मिति: १०:४६ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्