Kathmandu Press

डेम्बेले घाइते, पाँच साता मैदान बाहिर रहने

काठमाडौं, भदौ ३ : बार्सिलोनाका स्ट्राइकर ओउस्माने डेम्बेले फेरि घाइते भएका छन्। 

ह्यामस्ट्रिंग चोटका कारण २२ वर्षीय डेम्बेले पाँच ....

डेम्बेले घाइते, पाँच साता मैदान बाहिर रहने

काठमाडौं, भदौ ३ : बार्सिलोनाका स्ट्राइकर ओउस्माने डेम्बेले फेरि घाइते भएका छन्। 

ह्यामस्ट्रिंग चोटका कारण २२ वर्षीय डेम्बेले पाँच साता मैदान बाहिर रहने बार्सिलोनाले जनाएको छ। चोट बोकेका डेम्बेलेको सोमबार स्वास्थ्य परीक्षा गरिएको थियो। 

 ला लिगा फुटबलको पहिलो खेल अन्तर्गत एथ्लेटिक क्लबविरुद्धको खेलमा डेम्बेले घाइते भएका थिए। २०१७ मा बार्सिलोनामा आबद्ध भएपछि डेम्बेले छैठौं पटक घाइते हुन पुगेका छन् भने मांशपेशीमा समस्या तेस्रो आएको हो।

डेम्बेलेले बार्सिलोनामा २२८ दिन घाइते भएरै बिताएका छन्।  बार्सिलोना आएयता खेल्नु पर्ने १२० खेलमध्ये डेम्बेलेले जम्मा ६६ खेलमात्रै खेलेका छन्। 

प्रकाशित मिति: ०७:०६ बजे, मंगलबार, भदौ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्