कास्कीका ६ वटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित
कास्की, मंसिर ४ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ ।कास्की निर्वाचन क्षेत्र...
कास्की, मंसिर ४ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ ।
कास्की निर्वाचन क्षेत्र नं १ (क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भएका छन् भन् १ (ख)को सभापतिमा कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन्। यस्तै, क्षेत्र नं २ (क)मा दिनेश आचार्य र खमा दीपेन्द्र मर्सानी सभापतिमा निर्वाचित भए।
यसैगरी क्षेत्र नं. ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे निर्वाचित हुँदा ३ (ख)मा जीवनाथ पौडेल निर्वाचित भएका छन्। देशैभर शुक्रबार भएको प्रदेश अधिवेशनबाट सभापति र पसभापति, सचिव र सहसचिव दुई÷दुई जना निर्वाचित भएका छन् ।
प्रकाशित मिति: ०९:५७ बजे, शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1783061799.jpg)






-1783061799.jpg)
