Kathmandu Press

काठमाडौं क्षेत्र नं २ को प्रदेश ‘क’ मा खड्का र ‘ख’ मा अधिकारी

काठमाडाैं, मंसिर ४ : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ को प्रदेश ‘क’ को सभापतिमा धुव्र अधिकारी र प्रदेश ‘ख’ को सभापतिमा उद्धव...
काठमाडौं क्षेत्र नं २ को प्रदेश ‘क’ मा खड्का र ‘ख’ मा अधिकारी

काठमाडाैं, मंसिर ४ : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ को प्रदेश ‘क’ को सभापतिमा धुव्र अधिकारी र प्रदेश ‘ख’ को सभापतिमा उद्धव खड्का विजयी भएका छन्। पार्टीको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न प्रदेशसभा अधिवेशनमा क्रमशः अधिकारी र खड्का सभापतिमा निर्वाचित भएका हुन्।

प्रदेशसभा ‘क’ को उपसभापतिमा प्रमोद सञ्जेल र मधु पन्थी, सचिवमा भरतबहादुर खड्का र सरोजा सापकोटा तथा सहसचिवमा चोपराज कोइराला र सुजन रेग्मी विजयी भएका छन्।

Hardik ivf

यस्तै, प्रदेशसभा ‘ख’ को उपसभापतिमा प्रकाश स्याङ्बो र सहदेव कार्की, सचिवमा कुमार खतिवडा र आशिष तामाङ तथा सहसचिवमा निरज खड्का र रुपक बस्ताकोटी निर्वाचित भएका छन्।

आगामी मंसिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ ।

प्रकाशित मिति: ०९:४२ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्