पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
पर्वत, मंसिर ४ : पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ।नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा ४० सिलिण्डर क्षमता...
पर्वत, मंसिर ४ : पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ।
नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा ४० सिलिण्डर क्षमता प्लान्ट जडान गरिएको हो।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालसमेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए। यो प्लान्ट जडानसँगै सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रियासमेत सुरु भएको छ।
सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अब कम्प्रेसरको जडान कार्य पूरा भएपछि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार जडानको प्रक्रिया सुरु गर्न लागिएको छ। कम्प्रेसर मसिनसहितका उपकरण जडान भए पनि त्यसको सञ्चालनको लागि २२० भोल्ट माथिको विद्युत् आपूर्ति आवश्यक पर्नुका साथै त्यसका लागि मात्रै छुट्टै ट्रान्सफर्मरसहितका विद्युतीय उपकरण आवश्यक पर्ने भएकाले व्यवस्थापन गर्न थालिएको छ।
एशोसिएशनको सहयोगमा प्लान्ट र पर्वतमा सक्रिय आठवटा लायन्स क्लबको सहयोगमा कम्प्रेसर आएको भए पनि त्यसको जडान र सञ्चालनको लागि आवश्यक पर्ने विद्युतीय आपूर्तिको लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्नेछ।
१५ शय्या क्षमताको अस्पताललाई ५० शय्या क्षमतामा स्तरोन्नति गर्न लागिएको छ। यसका लागि बनेका भवनको काम करिब अन्तिम चरणमा पुगेको छ। (रासस)




-1783061799.jpg)






-1783061799.jpg)
