Kathmandu Press

पोग्बा पेनाल्टीमा चुक्दा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

काठमाडौं, भदौ ३ :  इंग्लिश प्रिमियस लिग फुटबलमा आफ्नो दोस्रो खेलमा म्यानचेष्टर युनाइटेड उल्भ्ससँग बराबरीमा रोकिएको छ। 

गएराति भएको....

पोग्बा पेनाल्टीमा चुक्दा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

काठमाडौं, भदौ ३ :  इंग्लिश प्रिमियस लिग फुटबलमा आफ्नो दोस्रो खेलमा म्यानचेष्टर युनाइटेड उल्भ्ससँग बराबरीमा रोकिएको छ। 

गएराति भएको खेलमा युनाइटेड उल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो। खेलको २७ औं मिनेटमा एन्थोनी मार्टियलले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा अग्रता कायमै राख्न सफल भएन। खेलको ५५ औं मिनेटमा उल्भ्सका रुबेन निभेसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। खेलको ६८ औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो। 

तर, त्यसमा पाउल पोग्बा गोल गर्न सफल नभएपछि युनाइटेडले पुनः अग्रता लिने मौका गुमाएको थियो। बाँकी समयमा दुबै टोलीका तर्फबाट कुनै गोल हुन नसकेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो। म्यानचेष्टर युनाइटेडको दुई खेलबाट ४ अंक भएको छ भने उल्भ्सको समान खेलबाट २ अंक छ।
 
प्रकाशित मिति: ०६:३६ बजे, मंगलबार, भदौ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्