बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं, मंसिर ४ : नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैङ्किङ कसुर मुद्दामा फरार...
काठमाडौं, मंसिर ४ : नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैङ्किङ कसुर मुद्दामा फरार ताप्लेजुङको फुङलिङ नगरपालिका–११ घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्दै आएका ४६ वर्षीय आन्दीराम इजम लिम्बूलाई पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७६ मंसिर १० गतेको फैसलापछि पाँच दिन कैद सजाय र बिगोबमोजिम ३० लाख जरिवना हुने फैसला गरेपछि फरार आन्दीरामलाई भक्तपुरको नयाँठिमीबाट पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका आन्दीरामले आफ्नो सिद्धार्थ बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याउँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए। उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार उक्त फैसला सुनाएको थियो। (रासस)




-1783061799.jpg)






-1783061799.jpg)
