ए डिभिजन लिगको उद्घाटन खेल बराबरीमा
काठमाडौं, मंसिर ३ : सहिद स्मारक ए डिभिजन लिगका उद्घाटन खेल बराबरीमा सकिएको छ । पहिलो पटक फ्लड लाइटमा खेलिरहेको फ्रेन्ड्स क्लब र...
काठमाडौं, मंसिर ३ : सहिद स्मारक ए डिभिजन लिगका उद्घाटन खेल बराबरीमा सकिएको छ । पहिलो पटक फ्लड लाइटमा खेलिरहेको फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीचको खेल गोलरहित बरारबीमा सकिएको हो ।
पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटोले १० खेलाडीमा समेटिएको फ्रेन्ड्सविरुद्ध अंक खोस्न सफल भयो । फ्रेन्ड्सका रोनेल एन्टोनी पलले खेलको ७६ मिनेटमा रातो कार्ड खाएपछि १० खेलाडीमा समेटिएको थियो ।
खेलमा दुवै टिमले गोलका आवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन् । पहिलो पटक फ्लडलाइटमा भएको ए डिभिजन लिगको खेल गर्न करिब ३ हजार दर्शक दशरथ रंगशालामा उपस्थित थिए। लिग चार स्थानमा हुने भएपनि सुरुआती दुई चरणका खेल भने दशरथ रंगशालामै हुनेछ। लिगअन्तर्गत शनिबार दुई खेल हुनेछन् ।
शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब भिड्ने छन् भने दोस्रो खेलमा थ्री स्टारले च्यासल युथ क्लबको सामना गर्ने छ।











