Kathmandu Press

कप्तान किरण चेम्जोङले माल्दिभ्सको लिग खेल्ने

काठमाडौं, मंसिर ३ : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको लिग खेल्ने भएका छन् ।लामो समयदेखि विदेशी लिग खेलिरहेका...
कप्तान किरण चेम्जोङले माल्दिभ्सको लिग खेल्ने

काठमाडौं, मंसिर ३ : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको लिग खेल्ने भएका छन् ।

लामो समयदेखि विदेशी लिग खेलिरहेका किरणलाई माल्दिभ्सको लिगका लागि माझिया स्पोट्स स्पोर्ट्स एन्ड रिक्रिएसन क्बलले अनुबन्धन गरेको हो । माल्दिभ्सको लिग खेल्ने किरण आजै अपरान्ह त्यसफर्त प्रस्थान गरेका छन् ।

उनलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले बिदाई गरेका थिए । अघिल्लो सिजन करणले पञ्जाबबाट आई लिग खेलेका थिए । केही सयमअगाडि मात्र पञ्जाबसँगको सम्झौता सकिएको थियो ।

किरणले दोस्रो पटक माल्दिभ्सको शीर्ष डिभिजन खेल्न लागेका हुन्। यसअघि किरणले सन् २०१८–१९मा टिसी स्पोर्ट्सबाट शीर्ष लिग खलेका थिए । सो सिजन उनी लिगकै उत्कृष्ट गोलकिपर पनि भएका थिए।

किरणकै कप्तानीमा नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति: १९:४३ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्