गृहमन्त्री खाणले गरे घटना दर्ता तथा तथ्यांक व्यवस्थापन सम्मेलनमा सम्वोधन
काठमाडौं, मंसिर ३ : गृहमन्त्री बालकृष्ण खाणले घटना दर्ता तथा तथ्यांक व्यवस्थापन सम्बन्धी सम्मेलनमा सम्बोधन गरेका छन् ।संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक...
काठमाडौं, मंसिर ३ : गृहमन्त्री बालकृष्ण खाणले घटना दर्ता तथा तथ्यांक व्यवस्थापन सम्बन्धी सम्मेलनमा सम्बोधन गरेका छन् ।
संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद् बाट एशिया तथा प्यासिफिक क्षेत्रका सदस्य राष्ट्रहरूको सहभागितामा आयोजित घटना दर्ता तथा तथ्यांक व्यावस्थापन सन्बन्धी सम्मेलनमा नेपालको तर्फबाट नेतृत्व गर्दै गृहमन्त्री खाणले भर्चुअल माध्यमबाट सम्वोधन गरेका हुन् ।
सम्वोधनमा खाणले सन् २०१५ देखि २०२४ सम्म घटना दर्ता दशकको मध्यावधि समिक्षा गर्ने सन्दर्भमा यो सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा घटना दर्ता तथा तथ्यांक व्यावस्थापन कार्यलाई महत्वपूर्ण योगदान गर्ने विषय उजागर गरे ।
साथै सन् २०२४ सम्म घटना दर्तालाई शतः प्रतिशत पुर्याउने अन्तराष्ट्रिय प्रतिबद्धता बमोजिम नेपालको विषम भौगोलिक अवस्था रहेपनि घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणालीलाई वडास्तरसम्म विस्तार गरिएको बताए ।
सबै नेपालीको समयमा नै जनसांख्यिसक विवरण अध्यावधिक गर्न र राष्ट्रिय परिचय कायम गर्न घटना दर्ता तथा तथ्यांक व्यवस्थापन प्रणाली आधारको रूपमा रहने हुनाले यसको सफल कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
नोभेम्बर १६ सम्मेलन थाइल्याण्डको बैंककमा भएको सम्मेलन आज सकिएको छ ।









![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)


