Kathmandu Press

छुट्टा छुट्टै स्थानमा पाँच जना मृत अवस्थामा फेला 

काठमाडौं, मंसिर ३ : रुपन्देही, सिद्धार्थनगर नगरपालिका १ डण्डामा गेट बनाउने लेबरहरूलाई खाना बनाई बस्ने एक पुरुष मृत अवस्थामा फेला परेका छन्। भारत पश्चिम बंगाल...
छुट्टा छुट्टै स्थानमा पाँच जना मृत अवस्थामा फेला 

काठमाडौं, मंसिर ३ : रुपन्देही, सिद्धार्थनगर नगरपालिका १ डण्डामा गेट बनाउने लेबरहरूलाई खाना बनाई बस्ने एक पुरुष मृत अवस्थामा फेला परेका छन्। 

भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय गणेश पाण्डे शुक्रबार मृत अवस्थामा फेला परेका हु्न।

झापा, मेचिनगर नगरपालिका ११ धाईजन डेरा गरी बसेकी भोजपुर आमचोक गाउँपालिका २ की ४५ वर्षीया शर्मिला तामाङ आफ्नै ओछ्यानमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्। 

सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका ७ हतारमालीस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा ईन्द्रावती गाउँपालिका २ कोट डाँडा बस्ने ४२ वर्षीय घ्याम्जु लामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। 

धादिङ, थाक्रे गाउँपालिका १० भिमसेन स्थान बस्ने ३८ वर्षीय राजकुमार सुनार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। 

मोरङ, धनपालथान गाउँपालिका ४ कर्सियास्थित बन्दै गरेको नयाँ घरको प्यासेजमा सोही ठाउँ बस्ने ३८ वर्षीय राम रचन मुखिया शुक्रबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्