Kathmandu Press

जिपको ठक्करबाट १ जनाको मृत्यु, ६ जना घाइते

बाग्लुङ, मंसिर ३ : ढोरपाटन नगरपालिका १ स्थित नेपाल बैंक चोकमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। ठक्करबाट अन्य ५ जना घाइते भएका...
जिपको ठक्करबाट १ जनाको मृत्यु, ६ जना घाइते

बाग्लुङ, मंसिर ३ : ढोरपाटन नगरपालिका १ स्थित नेपाल बैंक चोकमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। ठक्करबाट अन्य ५ जना घाइते भएका छन्। 

ग.२ च ५९८१ नम्बरको जिपको ठक्करबाट तमानखोला गाउँपालिका २ भैरबुङका ८ वर्षीय जोन श्रीपालीको शुक्रबार बिहान मृत्यु भएको हो। 

Hardik ivf

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो।
 
जीपका चालक ३३ वर्षीय केयर बहादुर बिकले रोकीराखेको जिप २७ वर्षीय मन बहादुर मल्लले अटेर गरी चलाउँदा पार्किङमा रोकीराखेका लु.३२ प ४८१२ नम्बरको मोटरसाइकल, ध.२ प ३९८८ नम्बरको स्कुटर र बा.५९ प ९६२० नम्बरको मोटरसाइकल तथा सोही स्थानमा बसिरहेका ७ जना व्यक्तिहरूलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका २ जनाको सोही स्वास्थ्य केन्द्रमा र ४ जनालाई थप उपचारको लागि प्रभु एयरको हेलिकप्टरद्वारा पोखरा पठाइएको छ। 

उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:५७ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्