काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’ को सभापतिमा तिवारी निर्विरोध
काठमाडौं, मंसिर ३ : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’को सभापतिमा ख्यामराज तिवारी निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेश अन्तर्गत...
काठमाडौं, मंसिर ३ : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’को सभापतिमा ख्यामराज तिवारी निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेश अन्तर्गत आज सम्पन्न प्रदेशसभा अधिवेशनमा तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित सभापति तिवारी काठमाडौँ महानगरपालिका–२६ का वडा अध्यक्ष समेत हुन् । यस्तै, उपसभापतिमा सुमित्रा अणु जोशी, खेमकुमारी खड्का, सचिवमा लीला कार्की र प्रज्वला श्रेष्ठ तथा सहसचिवमा राजुमान डङ्गोल र गोविन्द पौडेल निर्वाचित भए ।
प्रदेश अधिवेशन प्रतिनिधिमा सुनिल बैद्य, प्रकाश श्रेष्ठ, मोतीबहादुर थापा, रम्बा रजक, महेश कुँवर, पशुपति गुरुङ, माधवराज नेपाल, अन्जना रावल, गीता सिवाकोटी, ललिता कार्की, कृष्णबहादुर तामाङ, सुरेन्द्र डङ्गोल, इशा श्रेष्ठ, सुयस पौडेल, दिनेकुमार पाठक, प्रतिभा घिमिरे खरेल, जफर हुनेन र रुपा नेपाली निर्वाचित भए ।
काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ अन्तर्गत बागबजार, ठमेल, लैनचौर, सामाखुशी, नयाँ बसपार्क, गोङ्गबु लगायतका क्षेत्र पर्दछन् । उक्त प्रदेशसभामा कांग्रेसका १२३ क्षेत्रीय प्रतिनिधि रहेका छन् ।









![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)


