Kathmandu Press

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने एक युवक पक्राउ 

काठमाडौं, मंसिर ३ : सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुक मार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका १२ भोटेबहाल बस्ने २०...
सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने एक युवक पक्राउ 

काठमाडौं, मंसिर ३ : सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुक मार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका १२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

खड्गीले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्वीर तथा भिडियो पठाउन लगाइ दुःख हैरानी दिई सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति: १८:४० बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्