उच्च अदालत पोखराका न्यायाधीश अधिकारीले दिए राजीनामा
काठमाडाैं, भदाै २ : उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका छन्।
न्याय....
काठमाडाैं, भदाै २ : उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका छन्।
न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिएका हुन्। न्यायाधीश अधिकारीले घरायसी समस्याका कारण पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्रधिकार विवाद भएपछि न्यायाधीश अधिकारी छानविनमा परेका थिए। अधिकारीले ४० वर्ष न्याय सेवामा काम गरेका छन्।
न्याय परिषद्ले गोर्खा ब्रुअरीको अन्तःशुल्कको विवादसम्बन्धमा छानविन गर्न सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानविन समिति गठन गरेको थियो।






