Kathmandu Press

एमसिसीविरुद्ध भोलि माओवादी केन्द्र समाजवादीले आमसभा गर्ने

काठमाडौं, मंसिर ३ : कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) ले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध खबरदारी गर्न भोलि (मंसिर ४ गते...
एमसिसीविरुद्ध भोलि माओवादी केन्द्र समाजवादीले आमसभा गर्ने

काठमाडौं, मंसिर ३ : कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) ले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध खबरदारी गर्न भोलि (मंसिर ४ गते शनिबार) खुलामञ्चमा विशाल आमसभा गर्ने भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रघाती एमसिसी खारेजीको मागका लागि आयोजना गरिएको आमसभाको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिइएको हो। पार्टीले भोलि बिहान ११ बजे खुलामञ्चमा उपस्थित् भई एमसीसीको खारेजीको माग गर्न पनि सबैलाई आग्रह गरेको छ। 

Hardik ivf

कार्यक्रममा बोल्दै पार्टीका महासचिव नरेश शाहीले भोलिदेखि हुने आन्दोलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले राष्ट्रघातबाहेक केही गर्न नसक्ने नवदलाल पुँजीवाद संसदीय सत्ता व्यवस्थाका भाइरसहरुले राष्ट्रघातकै निरन्तरतामा एमसिसी फेरी हाम्रो स्वाधीन राष्ट्रमाथि थोपार्न खोजेको आरोप लगाए।

असफल सत्ता व्यवस्थाको सही र वैज्ञानिक विकल्प दिन राष्ट्रिय राजनीतिक जनपरामर्श सम्मेलन गरी सर्वपक्षीय सर्वदलीय संयुक्त राष्ट्रिय सरकार र कम्युनिस्ट सम्मेलन सम्पन्न गर्नुपर्ने आवश्यकता देखिएको समेत जिकिर गरे।

शनिबार खुलामञ्चमा गर्न लागेको एमसीसीको खारेजीको लागि आफ्नो उपस्थिति जनाएर सहयोग गरिदिन सबैलाई आग्रह गरे। उनले जनसभामा करिब २० हजारको संख्याको उपस्थिति हुने आकलनसमेत सुनाए।
 

प्रकाशित मिति: १६:२५ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्