Kathmandu Press

टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु

रौतहट, मंसिर ३ : रौतहटको कटहरियामा गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ।सोही घटनामा परी एकजना घाइते भएका छन्।मृत्यु हुनेमा...
टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु

रौतहट, मंसिर ३ : रौतहटको कटहरियामा गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ। सोही घटनामा परी एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा कटहरिया नगरपालिका–५ का समसुल मियाँ रहेको प्रहरीले जनाएको छ। उनी ग्यारेज सञ्चालक रहेको जनाइएको छ। घाइते हुनेमा स्थानीय जैसी यादव छन्।

Hardik ivf

कटहरिया–५ स्थित बहादुरपुर टोलमा रहेको मोटर ग्यारेजमा टायरमा हावा भर्ने ट्यांकी विष्फोट भएपछि रहेका मियाँको टाउकोमा गम्भीर चोट लागेको थियो । थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

ट्यांकीमा हावा भर्ने क्रममा क्षमताभन्दा बढी हावा भरिएपछि विष्फोट भएको हुन सक्ने अनुमान गरिएको छ। विष्फोटले गर्दा ठूलो आवाज आएको र ट्यांकीका टुक्राहरु टाढासम्म छरिएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको  भनाइ छ।

प्रकाशित मिति: १६:०९ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्