Kathmandu Press

बिहीबार बार परिसरमा भएको घटनाप्रति सर्वोच्चद्वारा दुःख व्यक्त

काठमाडौं, मंसिर ३ : सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।‘सर्वोच्च अदालत परिसरमा...
बिहीबार बार परिसरमा भएको घटनाप्रति सर्वोच्चद्वारा दुःख व्यक्त
Hardik ivf

काठमाडौं, मंसिर ३ : सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

‘सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ,’ सर्वोच्च अदालतद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

उक्त घटनामा  घाइते  भएका कानून व्यवसायीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा यस्तो अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनशील रहेको र सम्बद्ध सबैबाट आवश्यक संयमता, सहयोग र समन्वय प्राप्त हुने विश्वास व्यक्त गरेको विज्ञप्ति उल्लेख छ।

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्