Kathmandu Press

एबी डी भिलियसले लिए सन्यास

काठमाडाैं, मंसिर ३ : दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान एबी डी भिलयर्स अब क्रिजमा नदेखिने छैनन् । ३७ वर्षीय डी भिलियर्सले झण्डै दुई दशक...
एबी डी भिलियसले लिए सन्यास

काठमाडाैं, मंसिर ३ : दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान एबी डी भिलयर्स अब क्रिजमा नदेखिने छैनन् । ३७ वर्षीय डी भिलियर्सले झण्डै दुई दशक लामो क्रिकेट करिअर बिताउँदै सबैखाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको ४ वर्षपछि भिलियर्सले सबैखाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन्। उनले शुक्रबार ट्विट गर्दै आफ्नो ब्याट बिसाउने घोषणा गरेका हुन्। सन्न्यासको घोषणा गर्दै उनले उत्साहका बीचमा क्रिकेट खेलेको र अब त्यो उर्जा आफूमा नरहेको बताएका छन् ।

‘खेलाडीका रुपमा मोरा लागि यो यात्रा अविश्वसनीय रह्यो । तर, अब मैले यो यात्रा रोक्ने निर्णय गरेको छु । र, क्रिकेटबाट सन्यास लिँदैछु’, उनले लेखेका छन्, ‘मैले अत्यन्त उत्साहित उत्साहका माझमा खेलें। तर, अहिले ३७ वर्षको उमेरमा ममा त्यो ऊर्जा र उत्साह बाँकी छैन।’

भिलियर्सले आफ्नो परिवारको त्यागले आफ्नो क्रिकेट जीवन सफल भएको बताएका छन्। र, परिवारको त्याग बिना केही सम्भव नभएको बताएका छन्। उनले जीवनको अर्को अध्यायको प्रतीक्षामा रहेको पनि उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय र फ्रेन्चाइज लिगमा भिलियर्सले विस्फोटक ब्याट्सम्यानको छवि बनाएका थिए । उनी मैदानका चारै भागमा उत्तिकै सशक्त सट प्रहार गर्न माहिर थिए। त्यसैले उनलाई ३६० डिग्रीमा उपमा दिइएको थियो।

१७ वर्ष क्रिकेटमा खेलाडीका रुपमा बिताएका उनले  ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले टेस्टमा २२ शतक र ४६ अर्धशतक तथा एकदिवसियमा २५ शतक तथा ५३ अर्धशतक प्रहार गरेका छन्। एकदिवसीयमा सबैभन्दा छिटो अर्धशतक, शतक र १५० रन बनाउने कीर्तिमान भिलियर्सको नाममा छ।

 

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्