Kathmandu Press

विभिन्न स्थानमा भएको आगलागीमा लाखौंको धनमाल जलेर नष्ट    

काठमाडौं, मंसिर ३ : विभिन्न स्थानमा भएको आगलागीमा लाखौंको धनमाल जलेर नष्ट भएका छन्।काठमाडौं महानगरपालिका–११ स्थित काठमाडौं सिटिसी मलको पाँचौ तल्लामा रहेको सबिता खनालको...
विभिन्न स्थानमा भएको आगलागीमा लाखौंको धनमाल जलेर नष्ट    

काठमाडौं, मंसिर ३ : विभिन्न स्थानमा भएको आगलागीमा लाखौंको धनमाल जलेर नष्ट भएका छन्।

काठमाडौं महानगरपालिका–११ स्थित काठमाडौं सिटिसी मलको पाँचौ तल्लामा रहेको सबिता खनालको कस्तुरी किचेन फास्ट फुडमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा २ थान फ्रिज, ईलोक्ट्रिक बामर, खाद्यान्न, रेष्टुरेन्ट डेकुरेसन लगायतका सामानहरु जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

Hardik ivf

बझाङको थलारा गाउँपालिका(५ खोलीस्थित स्वास्थ्य कार्यालय खोलीको भवनमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा कार्यालमा रहेका कागजात, ५ थान कम्प्युटर, ५ थान सीपीयु, १ थान डिजिटल क्यामेरा, औषधी, कुर्सी टेबल लगायतका सामानहरु जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन।  

धनकुटाको महालक्ष्मी नगरपालिका–५ राम बजार बस्ने कुल बहादुर तामाङ सहित दुईजनाको घरमा शुक्रबार बिहान आगलागी भएको छ। आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन।  

प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्