अवैध रूपमा ल्याइएको सुनसहित त्रिभुवन विमानस्थलबाट दुईजना पक्राउ
काठमाडौं, मंसिर ३ : अवैध रूपमा ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहाका सरोज...
काठमाडौं, मंसिर ३ : अवैध रूपमा ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहाका सरोज सहानी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू नेपाल एयरलाइन्सको जहाजबाट दुबई हुँदै काठमाडौं आएका थिए। विमानस्थलबाट बाहिरिसकेको अवस्थामा पार्किङ क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन्।
उनीहरूले दुबईबाट सुनलाई धुलो बनाएर भित्री कपडाभित्र लुकाएर ल्याएको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवै वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)


