Kathmandu Press

बागलुङमा भ्यान दुर्घटना हुँदा बालकको मृत्यु

बलेवा, मंसिर ३ : बागलुङको बुर्तिबाङमा  ग२च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।मृत्यु हुने बालक तमानखोला गाउँपालिका–२ का ८...
बागलुङमा भ्यान दुर्घटना हुँदा बालकको मृत्यु

बलेवा, मंसिर ३ : बागलुङको बुर्तिबाङमा  ग२च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुने बालक तमानखोला गाउँपालिका–२ का ८ वर्षीय जोन सिर्पाली रहेको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा परी ६ जना घाइते भएका छन्। 

प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घाइते हुनेमा ढोरपाटन–१ का ५८ वर्षीय नरकितव सुनार, ढोरपाटन–६ का ३० वर्षीय विष्णुप्रसाद सापकोटा, ढोरपाटन–५ का ४७ वर्षीया सक्रेनी घर्ती, ढोरपाटन–५ कै ५० वर्षीया नरमला घर्ती, ढोरपाटन–१ का ४८ वर्षीय लेविन्द्र कुँवर र ढोरपाटन–७ का ९ का आकाश घर्ती घाइते भएका छन्।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:४२ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्