Kathmandu Press

स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउँदै

वालिङ, मंसिर ३ : योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउने भएका छन्।आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा सहभागी हुन...
स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउँदै

वालिङ, मंसिर ३ : योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउने भएका छन्।

आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा सहभागी हुन उनीहरू स्याङ्जा आउने भएको आचार्य बालकृष्णका भाइ डा. पवमान सुवेदीले जानकारी दिए।

Hardik ivf

स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती  (लक्ष्यबत्ती) कार्यक्रममा सहभागी हुन उनीहरु आउन लागेको सुवेदीले बताए।

‘आज दिउँसो २ बजेतिर दुबै जना घरमै आउनुहुनेछ,’ उनले भने, ‘बुबाको चौरासी पूजासँगसँगै उहाँहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ।’ आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुन्।

प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्