छुट्टाछुट्टै सवारी घटनामा दुईजनाको मृत्यु
सप्तरी, मंसिर ३ : सप्तरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी घटनामा परी दुईजनाको मृत्यु भएको छ।जिल्लाको खडक नगरपालिका–६ वीरपुरमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु...
सप्तरी, मंसिर ३ : सप्तरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी घटनामा परी दुईजनाको मृत्यु भएको छ।
जिल्लाको खडक नगरपालिका–६ वीरपुरमा आज ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स१त ६२५६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा९३प ३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि ट्याक्टर सडकबाट पाँच मिटर तल खसेर पल्टिएको थियो।
सोही ट्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना घाइते उनीलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइए पनि उपचारकै क्रममा उनको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
दुर्घटनामा ट्याक्टरमा सवार सोही ठाउँका उपेन्द्र यादवकी पत्नी ६५ वर्षीया प्रमिला यादव, २३ वर्षीया छोरा श्याम यादव, गोलबजार नगरपालिका–३ चौहर्वाका नागेन्द्र यादवको १० वर्षीय पप्पु यादव घाइते भएका छन्।
यस्तै वडा ४ का वकिलदेव यादवकी ३२ वर्षीया पत्नी सङ्गीया यादव, देवेन्द्र यादवकी ४३ वर्षीय पत्नी सुशीला यादव र प्रदीप यादवकी ४ वर्षीया छोरी सिद्धान्त यादव घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।
यसैगरी, मोटरसाइकलमा सवार झापाको हल्दिबारी गाउँपालिका–५ कञ्चनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुलीसमेत घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि रायुपुरस्थित युनिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै पूर्व–पश्चिम राजमार्गकै सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा बिग्रिएर रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कविलासका अन्दाजी २८ वर्षीय भूपेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ना५ख ८०१० नम्बरको यात्रुवाहक बस बिग्रिएर रोकिराखेका अवस्थामा प्रदेश २–०१–००१प२९७१ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना भएको थियो।









![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)


