बक्यौता नतिरेपछि सुमार्गीको स्याटेलाइट कम्पनीको लाइसेन्स खारेज
काठमाडौं, भदौ २ : नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजय सुमार्गीको लगानी कम्पनी नेप....
काठमाडौं, भदौ २ : नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजय सुमार्गीको लगानी कम्पनी नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गरिदिएको हो। उक्त कम्पनीले हेलो नेपाल मोबाइल सेवा सञ्चालन गर्दै आएको थियो। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार बक्यौता नतिरेपछि लाइसेन्स खारेज गरिएको हो।
आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले व्यवसायी सुमार्गीको स्वामित्वमा कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको अध्यक्ष खनालले जानकारी दिए।
कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएका कारण खारेज गरिएको हो। प्राधिकरणले कम्पनीलाई बक्यौता तिनै जेठ मसान्तको अन्तिम समयसीमा तोकेको थियो।
ग्रामिण क्षेत्रमा सेवा सञ्चालन गर्ने गरी कम्पनीले २०६४ फागुनमा लाइसेन्स पाएको थियो।






