Kathmandu Press

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

धनुषा, मंसिर ३ : ट्र्याक्टर दुर्घटना हुँदा यहाँ दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति...
ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
Hardik ivf

धनुषा, मंसिर ३ : ट्र्याक्टर दुर्घटना हुँदा यहाँ दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा नम्बर नपरेको (अनटेष्ट) ट्र्याक्टर पल्टिएको हो। सो दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्र्याक्टर अभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो। उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाको भूत मेला हेर्न तथा स्नानका लागि आउँदै थिए। घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनीहरु सबै भारतीय छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १०:४७ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्