प्रचण्डले भने–ओलीजी र मबीच भएको सहमति कार्यान्वयन हुन्छ
जनकपुर, भदौ २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन्।
जनकप....

जनकपुर, भदौ २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन्।
जनकपुरधाम विमानस्थलमा सोमबार पत्रकारहरुसँग संज्ञिप्त कुराकानी गर्दै प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति कार्यान्वयन हुने बताएका हुन्।
उनले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेको बताए। प्रचण्डले अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफल पार्न क्रियाशील हुने बताए।
प्रकाशित मिति: १७:३९ बजे, सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)