माइतीघरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
काठमाडौं, मंसिर ३ : काठमाडौंको माइतीघर मण्डलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।गएराति २ बजे बाग्मती प्रदेश ०२–०२४ प ६७७१...
काठमाडौं, मंसिर ३ : काठमाडौंको माइतीघर मण्डलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गएराति २ बजे बाग्मती प्रदेश ०२–०२४ प ६७७१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। जेब्राक्रस नजिकै पल्टिँदा मोटरसाइकलको पछाडि बसेका काभ्रेका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटना हुँदा रोमन सडकपेटीमा ठोक्किएका थिए। घाइते भएका उनलाई अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक सकुसल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ०८:०९ बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)


