Kathmandu Press

वीरगञ्जको ग्यास उद्योगलाई कारबाही्

वीरगञ्ज, मंसिर ३ : नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ।विभागले श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको...
वीरगञ्जको ग्यास उद्योगलाई कारबाही्

वीरगञ्ज, मंसिर ३ : नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ।

विभागले श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो। विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको जनाएको छ। एलपिजी बोटलिङको काममा समेत रोक लगाएको जनाएको छ।

प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको भन्दै नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको विभागले जनाएको छ। विभागले ग्यास उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ।

 

प्रकाशित मिति: ०७:३५ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्