Kathmandu Press

सहरीकरणले संकटमा पारेको शहरी कला, संस्कृतिका विषयमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं, मंसिर २ : काठमाडौं उपत्यकाका कला, सस्कृति तथा ऐतिहासिक परिवर्तनका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ। बबरमहलस्थित सिदार्थ आर्ट ग्यालरी रिभिजिटेडमा संचालन भएको...
सहरीकरणले संकटमा पारेको शहरी कला, संस्कृतिका विषयमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं, मंसिर २ : काठमाडौं उपत्यकाका कला, सस्कृति तथा ऐतिहासिक परिवर्तनका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ। बबरमहलस्थित सिदार्थ आर्ट ग्यालरी रिभिजिटेडमा संचालन भएको उक्त अन्तरक्रिया कार्यक्रम टेल अफ अ सिटी नाम चित्रकला प्रदर्शनीलाई केन्द्रमा राखेर आयोजना गरिएको थियो।

शहर कसरी परिवर्तन भइरहेको छ र कलाकारहरूले उक्त परिवर्तनलाई कसरी हेरिरहेका छन् भन्ने विषयमा अन्तरक्रिया भएको थियो। सम्पदा अभियान्ता आलोक सिद्धी तुलाधर, नेपाल कला परिषदकी  स्वस्ती राजभण्डारी, सिद्धार्थ आर्ट ग्यालरीकी व्यवस्थापक संगिता थापा तथा प्रोफेसर सुजन चित्रकार प्यानलिस्टका रुपमा थिए भने कार्यक्रमकी सहजकर्ता प्रोफेसर प्रतिमा थकाली थिइन्।

Hardik ivf

कलाकार सुजन डंगोलको कला प्रदर्शनीले यस विषयलाई ध्यानार्कषण गराएको सम्पदा अभियान्ता आलोक सिद्धी तुलाधरले कार्यक्रममा बताए। उनका अनुसार सम्पदा जोगाउने अभियानमा राज्यस्तरदेखि स्थानीय तहको समेत चुस्त सहभागिता हुनु पर्ने आवश्यकता देखिएको छ। जसको धेरथोर झलक उपत्यकाका स्थानीय तहमा देखिएको उनले बताए।

त्यस्तै, नेपाल कला परिषद्की क्युरिटर स्वती राजभण्डारी भन्छिन्, ‘ पुराना कलासंस्कृतिको जोगर्नोका लागि हामीले पुराना समयमा बनेका सम्पदाको जस्तै माटो, काठ नै चाहिन्छ भन्ने छैन। तर, भएका सामाग्रीको सम्वर्दन र संरक्षणमा भने निकै चनाखो हुनु पर्छ।’

माटा, काठका घर पुराना समयका चिनारी थिए जसलाई हाल सिमेन्ट र आल्मुनियमका झ्यालहरूले फेरेको उनी बताउँछिन्। कलाकार डंगोलको प्रदर्शनीमा गरिएको चित्रण विलिन हुन थालेको उनको भनाइ थियो। इतिहासको जानकारीका लागि नयाँ पुस्तालाई लाइब्रेरी तथा म्युजियममा समय बताउने बानी विकास गराउनु पर्ने पनि उनले बताइन्।

कार्यक्रमका अर्का व्यक्ता थिए, सुजन चित्रकार। चित्रकारले भने वर्तमान परिस्थितिमा आवाज, अभियानमात्र नभई पाठ्यक्रममा पनि इतिहास र संस्कृतिको विषयलाई समावेश गराउनु पर्ने बताए। संस्कृति भन्नु बित्तिकै उपत्यका र यहाँ नेवा ः सस्कृतिमा नभई सबेलाई समावेश गराउन सकेमा हरेक वर्ग, समुदायले आफ्नो संस्कृतिलाई नजिकबाट चिन्ने र महसुस गर्न सक्ने उनको विचार थियो। वर्तमान परिपेक्षलाई नयाँ पुस्तालाई कला, संस्कृतिसँग जोड्न डिजिटल प्रविधि अर्थात पोडकास्ट अथवा युट्युबमै पनि विभिन्न भिडियो र स्थलगत भ्रमण गराउने जस्ता रचनात्मक तरिकाले संस्कृतिसँग नजिक ल्याउने प्रयास गर्नु पर्ने विचार उनले राखे।

प्रकाशित मिति: २०:५५ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्