Kathmandu Press

पहिलो टि–२० सिरिजमा नेपालको क्लिनस्विप

काठमाडौं, मंसिर २ : पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाली महिला क्रिकेट टिमले सिरिजमा क्लिनस्विप गरेको छ ।तीन खेलको टि–२० सिरिजको अन्तिम खेलम...
पहिलो टि–२० सिरिजमा नेपालको क्लिनस्विप

काठमाडौं, मंसिर २ : पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाली महिला क्रिकेट टिमले सिरिजमा क्लिनस्विप गरेको छ ।

तीन खेलको टि–२० सिरिजको अन्तिम खेलम कतारलाई १०९ रनको फराकिलो अन्तरले हराउँदै नेपालले टि–२० सिरिजमा क्लिनस्विप गरेको हो । यसअघि नेपालले पहिलो ११९ र दोस्रो खेल ६१ रनले जितेको थियो । टि–२० महिला विश्वकपको एसियन छनोटको तयारीका लागि नेपाली टिमले कतारसँग टि–२० सिरिज खेलेको हो ।

सिरिजको अन्तिम खेलमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १६५ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा ७ विकेट गुमाएर ५५ रन  मात्र बनाउन सक्यो। उसका लागि अलिना खानले सर्वाधिक १९ रन बनाउँदा कप्तान आयसाले १३ रन बनाइन् । कतारलाई सस्तैमा रोक्ने क्रममा नेपालका सबनम राई, सरस्वती चौधरी र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

कतारका ४ ब्याट्सम्यान रनआउट भएका थिए । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेटको गुमाउँदै १६४ रन बनायो । नेपालका लागि सीता रानामगरले कीर्तिमानी नटआउट ८२ रन जोडिन्। उनले ७२ बलमा ७ चौका प्रहार गरिन्। यो नेपालका लागि व्यक्ति उच्च स्कोर हो ।

यस्तै, ज्योति पाण्डेले २४, सरिता मगर १७ र डोली भट्टले १२ रनको योगदान दिए। कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १–१ विकेट लिए ।  नेपाली टिम टि–२० विश्वकपको एसियन छनोट खेल्ने शुक्रबार नै युएई प्रस्थान गर्नेछ।

छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: २०:१७ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्