नेपाली मौलिकतासहितको समाजवादको खाका तय गरिने : नेता पुन

कास्की, मंसिर २ : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले पार्टीको आसन्न राष्ट्रिय सम्मेलनबाट नेपाली मौलिकतासहितको समाजवादको खाका तय गरिने बताएका छन्। पोखरामा आज कार्यकर्ता भेटघाटमा उनले पार्टीको नेतृत्वमा हालसम्म भएका परिर्वतनका एजेण्डाहरुको स्वामित्व लिने र जनता र उत्पादनसँग जोड्दै समाजवादमा पुग्ने कार्यदिशा पार्टीको रहने उल्लेख गरे। उनले भने, 'पावर पोलिटिक्समा डुबेको माओवादी पार्टीलाई सुधार गरेर सच्चयाउने अवसर राष्ट्रिय सम्मेलनमा छ।'
युवा नेता पुुनले पार्टीका वडा र पालिका सम्मेलनहरुमा स्थानीय एजेण्डाका बारेमा बहस हुनुपर्ने र त्यसलाई स्थापित गर्नुपर्नेमा कुनै पनि पार्टीमा त्यस्तो हुन नसकेको टिप्पणी गरे। माओवादी पार्टीलाई ज्ञानमा आधारित पार्टी बनाउनुपर्नेमा नेता पुनले जोड दिए। उनले भने, 'माओवादीलाई नलेज बेस पोलिटिक्स र नलेज बेस पार्टी बनाउनुपर्यो।'









-1788524800.jpg)

