Kathmandu Press

जम्मू कश्मीरको विषयलाई नजिकबाट नियालिरहेका छौंः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, भदौ २ : सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनाव र जम्मू कश्मीरको विषयलाई नजिकबाट हेरिरहेको बताएको छ। 

परराष्ट्र मन्त्रालय....

जम्मू कश्मीरको विषयलाई नजिकबाट नियालिरहेका छौंः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, भदौ २ : सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनाव र जम्मू कश्मीरको विषयलाई नजिकबाट हेरिरहेको बताएको छ। 

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले पछिल्लो समय भारत–पाकिस्तानबीच बढ्दो तनाव र कश्मीरको घटनालाई नजिकबाट नियालिरहेको बताएका हुन्।

उनले दुई देशबीचको विषय भएकाले वार्ता र सहमतिबाटै निकास खोज्न सकिने विश्वास व्यक्त गरे। ‘भारत–पाकिस्तानबीच बढ्दो तनाव र जम्मू कश्मीरको विषय दुई देशको आन्तरिक विषय हो। यसलाई वार्ता र सहमतिबाटै  सुल्झाउन सकिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने।

उनले जम्मू कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूतावासले काम गरिरहेको बताए। ‘अहिलेसम्म त्यहाँ रहेका सबै नेपाली सुरक्षित छन्। उनीहरुको सुरक्षाबारे नेपाली दूतावासले गम्भीर भएर काम गरिरहेको छ,’ उनले भने।

मन्त्री ज्ञवालीले नेपाल सधैं शान्ति र स्थिरताको पक्षमा रहेको बताए। 
 

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, भदौ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्