Kathmandu Press

राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको थालनी गरेको छु : मन्त्री श्रेष्ठ

भक्तपुर, मंसिर २ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको आफूले थालनी गरेको बताएकी छन्।...
राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको थालनी गरेको छु : मन्त्री श्रेष्ठ

भक्तपुर, मंसिर २ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको आफूले थालनी गरेको बताएकी छन्। प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले सङ्घीयताको मर्म बाहिर गएर काम गर्नेलाई रोक्ने प्रयास पनि आफूले गरिरहेको बताइन्। 

कानुनले छोरीको नाममा पनि अंशको व्यवस्था गरे पनि त्यसलाई अझै कार्यान्वयनमा नल्याएको भन्दै मन्त्री श्रेष्ठले भनिन्, 'छोरीको नाममा पनि सम्पत्ति भन्ने कानुनलाई कार्यान्वयनमा ल्याउने छु, अहिले पनि अंशवण्डा हुँदा मालपोत कार्यालयले छोरी छ कि खोज्दैन, अबको एक दुई दिनभित्रै मालपोतले अंशवण्डा गर्दा छोरी खोज्नेगरी व्यवस्था गराउँछु।'

Hardik ivf

प्रतिगामी तत्वले अहिले पनि संविधान मास्न खोजिरहेको भन्दै मुलुकमा अग्रगमन र प्रतिगमनको द्वन्द्व चलिरहेको बताइन्। ठाउँ पाउदा फेरी पनि संविधानविरोधी तत्व अगाडि आउन सक्छन् भन्दै उनले सचेत हुनु जरुरी रहेको र पत्रकारले संविधानको रक्षाका लागि कलम चलाउनुपर्ने भनाइ राखिन्। मन्त्री श्रेष्ठले उपत्यकामा रहेका स्ववासीहरुले लालपूर्जा नपाएर खेपिरहनु परेको समस्या तथा हलिया र कमलरीको समस्या समाधान गर्न आफूले छिटो र छोटो प्रक्रिया अगाडि बढाएर लागिएको बताइन्।

जनतालाई सही सूचना सम्प्रेषण गर्ने गरी अग्रगमनको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको स्मरण गरिन। कार्यक्रममा प्रेस सेन्टरका बलराम थापा, माओवादी केन्द्रका नेता देवेन्द्र श्रेष्ठ, सेन्टरका जिल्ला संयोजक सञ्जीप, शुभचिन्तकलगायतले पत्रकारिता निष्पक्ष हुनुपर्नेमा जोड 
दिएका थिए। 

प्रकाशित मिति: १९:१० बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्