Kathmandu Press

अदालतमा दङ्गा प्रहरी प्रयोग नगर्न बारको आग्रह

अदालतमा दङ्गा प्रहरी प्रयोग नगर्न बारको आग्रह
Hardik ivf

काठमाडाैं, मंसिर २ : नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा भएको शान्तिपूर्ण आन्दोलनमा दङ्गा प्रहरीको प्रयोग नगर्न गृहमन्त्रालय र सर्वोच्च अदालत प्रशासनसँग आग्रह गरेको छ।
 
बारले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी उक्त आग्रह गरेको हो। मूल ढोकामा धर्ना दिँदै आएका कानून व्यवसायीलाई आज सर्वोच्चको वैकल्पिक ढोकातर्फ अघि बढ्न लागेपछि प्रहरीले बल प्रयोग गरी रोक्न खोज्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएका थिए, भने बारका केन्द्रीय सदस्य प्रकाश मर्हजन गम्भीर घाइते भएका थिए।उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
    
त्यस्तै वरिष्ठ अधिवक्ता सविता भण्डारी, सर्वोच्च अदालत बार एसोसिएनका सचिव ऋषिराम घिमिरे, अधिवक्ता कपिलचन्द्र पोखरेल, युवराज बञ्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण र गोपाल सापकोटा घाइते भएको बारले जनाएको छ। बारले अदालतमा भएको विकृति विसङ्गतिको अन्त्य गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्नुपर्ने, गोला प्रक्रियाबाट पेसी तोक्नुपर्नेलगायतका माग राख्दै विरोध कार्यक्रम गर्दै आएको छ।

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्