नेपाल-भारत संयुक्त आयोग बैठकः मुख्य पाँच एजेण्डामा छलफल हुने
काठमाडौं, भदौ २ : नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ।
परराष्ट्र मन्त्रालयले सोमबार पत्रक....
काठमाडौं, भदौ २ : नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ।
परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी आगामी बुधबार र बिहीबार संयुक्त आयोगको बैठक बस्न लागेको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँचौ बैठक मुख्य पाँच वटा एजेण्डा ररहेको जानकारी दिए।
उनका अनुसार बैठकमा राजनीतिक, सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृति सम्बन्धी विषयमा छलफल हुनेछ। यसका साथै दुई देशका सरकार प्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मुल्यांकन पनि गरिने मन्त्री ज्ञवालीले जानकारी दिए।
यस्तै, संयुक्त आयोगको बैठकमा दुई देशका प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन सरकार प्रमुखहरुलाई बुझाउने विषयमा पनि छलफल हुनेछ। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउँदै शिखर सम्मेलन गर्ने विषयमा समेत संयुक्त आयोगको बैठकमा छलफल हुने मन्त्री ज्ञवालीले बताए।






