पञ्चगव्य अनुसन्धान केन्द्र स्थापना हुँदै
भजनी, मंसिर २ : विश्व हिन्दु युवा सङ्घको आयोजनामा यही मङ्सिर ४ गते बर्दियाको ठाकुरदास मन्दिर पञ्चगव्य अनुसन्धान केन्द्रको शिलान्यास गरिने भएको छ।विश्व हिन्दू...
भजनी, मंसिर २ : विश्व हिन्दु युवा सङ्घको आयोजनामा यही मङ्सिर ४ गते बर्दियाको ठाकुरदास मन्दिर पञ्चगव्य अनुसन्धान केन्द्रको शिलान्यास गरिने भएको छ।
विश्व हिन्दू सङ्घका ऋषिकेशजंग शाहले कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको बताउँदै देशैभरिबाट युवाहरूको कार्यक्रममा सहभागिता रहने बताए।
शाहले भने, ‘निर्माण हुने अनुसन्धान केन्द्रले एक वर्षमा चिकित्सक तयार गर्ने गरी काम अगाडि बढाइनेछ।’ उनले नेपालमा रैथाने विश्वविद्यालयको स्थापनाका लागि लागि परेको बताउँदै गौ विज्ञानले औषधि विज्ञानको पुष्टि गर्ने बताएका छन्।
पञ्चगव्य परिवारका अध्यक्ष डा. नरेन्द्र हमालले नेपालमा संरक्षणको अभावमा ३५० प्रजातिको गाई पाइने भएको भए पनि अहिले सात प्रजातिको मात्र गाई पाइने गरेको बताउनुभएको छ।
उनले गाईहरुको संरक्षणसँगै पञ्चगव्य अनुसन्धान केन्द्रको स्थापना गरिने बताउँदै पञ्चगव्य चिकित्सालाई देशैभरका सहर तथा गाउँहरुमा स्थापना गर्ने उद्देश्य रहेको बताए।
‘हामीले नेपालमा पाँच वर्षदेखि पञ्चगव्य पद्धतिको सुरु गर्दै आएका छौं। यसले ९० दिनमा कुनै पनि दीर्घ रोगीलाई स्वस्थ बनाउँछ,’ हमालले भने। उनले एक गाईको गौत र गोबर बेचेर मासिक रु २५ हजारसम्म आम्दानी गर्न सकिने बताए।









-1788524800.jpg)

