Kathmandu Press

निर्वाचन आयोगले तयार पार्‍यो तेस्रो पञ्चवर्षीय योजना

काठमाडौं, भदौ २ : निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तयार पारेको छ। 

आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्....

निर्वाचन आयोगले तयार पार्‍यो तेस्रो पञ्चवर्षीय योजना
फाइल

काठमाडौं, भदौ २ : निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तयार पारेको छ। 

आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७–२०८०/८१) तयार पारेको हो। 

आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाका लागि पाँच वटा रणनीति अन्तर्गत ४० वटा कार्यनीति तय गरिएको छ। कार्यनीतिहरु कार्यान्वनयका लागि पाँच वर्षको कार्ययोजना समेत तयार गरी १ सय ५६  वटा क्रियाकलापहरु पहिचान गरिएको छ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले  ७ वटै प्रदेश र सम्बन्धी क्षेत्रका निकायसंग गरिएको परामर्शबाट प्राप्त सुझावहरु राखेर रणनीतिक योजनाको मस्यौदा तयार पारिएको जानकारी दिए। 

स्वच्छ ,स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनमार्फत नागरिकलाई राजनीतिक अधिकारको निर्वाध उपभोग गर्ने अवसरको सुनिश्चितता प्रदान गर्ने लक्ष्य प्राप्तीका लागि रणनीतिक योजना तयार पारिएको प्रवक्ता खरेलले बताए।

आयोगले पञ्चवर्षीय रणनीतिक योजनामा प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास गर्ने, निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधार गर्ने, संविधान र कानून बमोजिम राजनीतिक दल नियमन गर्ने र निर्वाचन एवं नागरिक शिक्षामा साझेदारी र सहकार्य अभिवृद्धि गर्ने रणनीति तय गरेको छ। 

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, भदौ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्