Kathmandu Press

इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गरिने

काठमाडौं, मंसिर २ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही मङ्सिर ५ गतेदेखि रेबिज इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गर्ने भएको छ। इम्युनो ग्लोबुलिन...
इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गरिने

काठमाडौं, मंसिर २ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही मङ्सिर ५ गतेदेखि रेबिज इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गर्ने भएको छ। इम्युनो ग्लोबुलिन सुईको माध्यमबाट घाउको वरिपरि लगाइने औषधि हो।

प्रदेश १ को कोसी अस्पताल, प्रदेश २ को जनकपुर अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको  बुटवलस्थित लुम्बिनी अस्पताल, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट सेवा प्रवाह गरिनेछ।

Hardik ivf

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य सङ्गठनको रणनीतिअनुसार सन् २०३० सम्ममा यस रोगबाट विश्वमै मानव मृत्यु शून्यमा झार्ने लक्ष्यका साथ मन्त्रालयले अगाडि बढेको बताए। ‘रेबिजग्रस्त कुनै पनि स्तनधारी प्राणीबाट मानिसमा सर्न सक्ने र रेबिज भाइरसबाट लाग्ने प्राणघातक रोग हो। यो बौलाह  जनावरले मानिसलाई टोक्दा लाग्ने रोग भनेर पनि चिनिन्छ,’ उनले भने।

मन्त्री खतिवडाले रेबिज लागेमा यसको कुनै औषधि नभएको बताउँदै शङ्कास्पद सङ्क्रमित जनजावरले टोकेमा तत्काल एन्टी रेबिज भ्याक्सिन लगाउनुपर्नेमा जोड दिए। उनले आगामी आर्थिक वर्षमा आवश्यकता र औचित्यका आधारमा सबै जिल्लामा यस सेवालाई विस्तार गरिने जानकारी दिए।

मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी शाखाका डा कृष्णप्रसाद पौडेल र स्वास्थ्य सेवा विभागका निर्देशक दीपेन्द्ररमण सिंहले मुलुकमा रेविज रोगको अवस्थाबारे जानकारी दिए। प्रत्येक वर्ष १५ देखि ३६ जनासम्म रेविजका कारण मानिसको मृत्यु भएको जनाइएको छ।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्