Kathmandu Press

इसिडी कक्षा बन्द भएकामा विद्यालय व्यवस्थापन समिति महासङ्घको चासो

इसिडी कक्षा बन्द भएकामा विद्यालय व्यवस्थापन समिति महासङ्घको चासो

काठमाडौं, मंसिर २ : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कतिपय प्रारम्भिक बाल विकास (इसिडी) का सहजकर्ताले सेवा सुविधाको माग राखेर कक्षा सञ्चालन बन्द गराएकामा चासो व्यक्त गर्दै सहजीकरणका लागि आफ्ना सदस्य व्यवस्थापन समितिलाई आग्रह गरेको छ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षकका तलब सुविधा अब स्थानीय सरकारले खुवाउने गरी मुलुकभर परिपत्र जारी गरेको हप्ता दिन नबित्दै इसिडी सहजकर्ता आन्दोलनमा उत्रेका छन्। शिक्षकहरु तलबभत्ता नपाएको भन्दै विद्यालयमा रहेका इसिडी कक्षा धमाधम बन्द गर्दै गइरहेका छन्।

Hardik ivf

महासङ्घका अध्यक्ष कृष्ण थापाले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको आदर्श गाउँपालिका र कर्णली प्रदेशको हुम्ला जिल्लाको सर्कैगार्ड गाउँपालिकाका इसिडी शिक्षकको आन्दोलनबाट इसिडी कक्षा बन्द भएकाले सम्बन्धित पालिकाको प्रतिनिधि र जिल्ला इसिडी शिक्षकको सङ्घर्ष समितिका संयोजकबीच छलफल गराई दुवै जिल्लाका इसिडी कक्षा पुनः सञ्चालन गराउन महासङ्घका सदस्य समितिलाई आग्रह गरिएको जनाए।

उनले कक्षा सञ्चालनको दायित्व आफूहरुको हुन आएकाले सम्बन्धित प्रदेश समितिको पहल सहजीकरणमा कक्षा नियमित सञ्चालन गराउन आग्रह गरे।

प्रकाशित मिति: १६:५५ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्